2025-04-21

Close

जनकपुरधाम । धनुषामा अत्यधिक चिसो बढेपछि धनुषा ट्राफिक प्रहरीले सर्वसधारणलाई न्यायो बाँडने कार्य सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको समन्वयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाको विभिन्न स्थानमा दाउरा उपलब्ध गराउँदै नागरिकलाई न्यानो बाँडेका हुन् ।

धनुषा ट्राफिक प्रमुख हरि बहादुर वोलीले जिल्लाको विभिन्न ट्राफिक चेकपोष्टस्थित आम सर्वसाधारणलाई दाउरा उपलब्ध गराई आगो बालेका हुन् ।

विभिन्न स्थानबाट सवारीमा ओहोरदोहोर गर्ने सवारी चालकहरुलाई केही बेर न्यानो भएर मात्र जान अनुरोध समेत गर्न थालेका छन् । अत्यधिक चिसोको कारण मोटरसाईकल वा साईकल चलाउने सर्वसाधारणहरुलाई चिसोबाट जोगाउन ठाउँ ठाउँमा न्यानोको व्यवस्था गरेको हो ।

केही साता देखि मौसममा आएको परिवर्तनले नेपालको तराई भागमा चिसो बढेको छ ।

चिसोको कारण तराई क्षेत्र लगायतका जनजीवन प्रभावित बनेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा द्धारा जाडो मौसमलाई मध्य नजर गर्दै बाटोमा दाउरा बालेर जनतालाई सहजता गर्न थालेको प्रहरी प्रमुख हरि बहादुर वोलीले जानकारी दिए ।

बाक्लो हुस्सु र कुहिरोको कारण शित पर्न थालेपछि जनजीवन प्रभावित बनेको हो । बिहानैदेखि बाक्लो हुस्सु लाग्न थालेको छ । बाक्लो कुहिरोको कारण घाम लागेको छैन भने चिसोका कारण जनजीवन थप कस्टकर बन्न थालेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर