2025-03-12

Close

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले मधेश प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेश अन्तर्गत बारा र पर्सामा कार्यक्रम सञ्चालन गरिएको हो ।

विशेष गरी विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको थियो ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १५ स्थित डुमरवानामा २१ माघमा र पर्साको वीरगञ्ज महानगरपालिका–३१ बेलवास्थित नौकाटोलामा २२ माघमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

बिफक्याप नेपालको व्यवस्थापनमा सञ्चालन गरिएको वित्तीय साक्षरता कार्यक्रममा डुमरवानामा ५१ जना र नौकाटोलामा ५२ जना गरी कुल १०३ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूलाई नेपाल राष्ट्र बैंकका सुमनराज सुवेदीले प्रशिक्षण दिएका थिए ।

कार्यक्रमले लक्षित वर्गलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरणमा योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।

कार्यक्रममा वित्तीय सेवासम्बन्धी ज्ञान, बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानी, दैनिक आम्दानी तथा खर्चको विश्लेषण, विप्रेषण पठाउने माध्यम, बचत र लगानी, गुनासो व्यवस्थापन लगायत विषयमा जानकारी दिइएको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर