अप्पन जनकपुर
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा पनि पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ ।
विदेह नगरपालिका ६ तिनकौरियास्थित श्री जनता नमूना मावि गिद्वा बेलापट्टिमा आज उपमेयर आशा देवि झाले खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् ।
आजबाटै पालिकाको नौ वटै वडामा खोप अभियान सुरु भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दानी ठाकुरले जानकारी दिए । उनका अनुसार कक्षा ६ देखि १० सम्मकी छात्रालाई एचपीभी खोप लगाइनेछ । विद्यालयमा १० देखि १४ वर्ष समूहकी छात्रालाई खोप लगाउनेछ ।
विदेह नगरपालिकामा करिब ११६२ छात्रालाई खोप लगाएको स्वास्थ्य शाखा प्रमुख ठाकुरले बताए । यो अभियान फाल्गुन ६ गतेसम्म सञ्चालन हुनेछ ।