2025-04-20

Close

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले केही दिनयता जनकपुरधामका अवैध नीजी अस्पतालको अनुगमनलाई तीव्र पारेका छन् ।

आइतबार पनि थप चार अस्पताल जनक मेमोरियल, जनकपुर गोदावरी हस्पिटल, जनकपुर मोडल, कृष्णा हस्पिटल बन्द रहेको पाइयो। दर्ता नगरी चलाइएका ती अस्पताल आफैँ बन्द गरिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

आइतबार साँझ मुख्यमन्त्री सिंह अनुगमनको क्रममा जनकपुर मोडल हस्पिटल पुगे। तर, हस्पिटलमा बाहिरबाटै ताला लागेको थियो। भित्र बत्ती बलिरहँदा बिरामीलाई भित्रै थुनेर अनुगमन छल्न बाहिरबाट ताला लगाएको उनलाई शंका लाग्यो।

मुख्यमन्त्री सिंहले स्थानीसँग सोधपुछ गर्न थाले। एक जनाले गार्डले हस्पिटलमा ताला लगाएर गएको सुनाए। त्यसपछि वीरेन्द्र नामका ती गार्डको नम्बर खोजेर फोन गरे। मुख्यमन्त्रीले आफू एम्बुलेन्स चालक भएको भन्दै बिरामी लिएर आएको बताए।

फोनमा हस्पिटलका गार्डले अक्मकाउँदै सोधे-तपाईँ को?? मुख्यमन्त्रीले आफू ३११२ नम्बरको एम्बुलेन्स ड्राइभर सरोज भएको बताए। मुख्यमन्त्रीले राम्रो पार्टी (बिरामी) लिएर आएको भनेपछि गार्डले जवाफ फर्काए-अहिले अनुगमन भइरहेको छ। म बिरामी राख्न सक्दिनँ। गोदावरीमा लग्नुस्।

मुख्यमन्त्री सिंहले गोदावरीले कति दिन्छ?? भनेर कमिशनबारे सोध्छन्। गार्डले भन्छन्-कुरा गरेपछि।

जनकपुरधाममा अवैध रूपमा संचालित अस्पताल बिरामी ल्याउने एम्बुलेन्स चालकलाई समेत कमिसन दिन्छन्।

मुख्यमन्त्री सिंहले एम्बुलेन्स चालक बनेर अस्पतालका गार्डसँग कुरा गरेको भिडिओ (सीएम सतिश सिंह) फेसबुक पेजमा राखेका छन्।

उनको भिडिओ शेयर गर्दै नेपाली कांग्रेस मधेशका पूर्वसांसद नरेश यादवले लेखेका छन्। यस्तो कामको लागि धेरै धेरै धन्यवाद। तपाईँ जस्तो मुख्यमन्त्री मात्रै होइन्। प्रधानमन्त्री भए देश भ्रटाचार मुक्त हुने थियो। यो कामको लागि जोरदार स्यालूट। जय हो मुख्यमन्त्री मा. सतिश सिंह जी।

मुख्यमन्त्री सिंह र स्वास्थ्यमन्त्री शत्रुधन प्रसाद सिंहले अहिलेसम्म तीन दर्जन बढी हस्पिटलको अनुगमन गरेका छन्। जसमध्ये मापदण्डविपरीतका ५ अस्पताल बन्द गराइसकिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर