जनकपुरधाम । हुलाकी राजमार्ग जनजागरण अभियान अन्तर्गत आज धनुषाको विदेह नगरपालिका ६ तिनकौरिया चोकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नगर प्रमुख बेचन दासको नेतृत्वमा स्वागत गरिएको छ।
नगर प्रमुख दासले अध्यक्ष प्रचण्डलाई परम्परागत गम्छा ओढाइ सम्मान गरेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।
सो अवसरमा नगर प्रमुख दासले सीमावर्ती क्षेत्रका बासिन्दाहरूले भोगिरहेका समस्याहरूप्रति अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएका थिए। विशेष गरी सीमा क्षेत्रका नागरिकले झेल्नुपरेको सास्ती बारेमा जानकारी गराएका हुन् ।
नगर प्रमुख दासले सीमावर्ती जनताको समस्या समाधानका लागि पहल गर्न आग्रह गर्दै ध्यानाकर्षण पत्र समेत अध्यक्ष प्रचण्डलाई बुझाएका थिए ।