वीरगन्ज २६ सोमबार
काठमाडौं । हिन्दुहरुको चाड होलीको मुखमा वीरगन्ज पर्साको आईसीपी भन्सारको मुल गेटमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संरक्षणमा जुवातास खेलाउने गरेको खुलासा भएको छ।नेपाल प्रहरी र सशस्त्र प्रहरीलेले जुवा खालबाट लाखौ रकम लिएर खेल्न छुट दिएको खुलासा भएको हो। होलीको चहलपहलसँगै लाखौंका जुवा खेल्न चल्न थालेका छन्।
जुवातास खेलाइने ठाँउ आईसिपी भन्सारको मुल गेट हो । जहाँ लाखौंका जुवा हुँदै आएको छ।
आईसिपी भन्सारको मूल गेटमा सशस्त्र प्रहरी आईसीपीभित्र रहेको बेस क्यामपको ड्युटी २४ घण्टा हुन्छ भन्ने ३०० मिटर देखि ४०० मिटरको दुरीमा प्रहरी टोली सिर्सिया चौकीबाट दुई ठाउँमा प्रहरी ड्युटी हुन्छ । ड्युटी अगाडी नै जुवा संचालन हुँदै आएपनि पनि चौकीका प्रहरीहरु मुखदर्शक बनेका छन्।
अहिले प्रहरी चौकी श्रिसियाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) अनुप ढकाल हुन् । ढकाल आएको केही दिनपछि नै जुवा संचालन हुँदै आएको हो।
ढकाल पुर्वगृहमन्त्री रबि लामिछानेको पिओसो बसेकोले गृहमन्त्रालयमा आफ्नो राम्रो पहुँच रहेकोले उनी पर्साका एसपी गौतम मिश्राको आदेश समेत पालन नगर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्सा भित्र चर्चा छ।
एसपी मिश्राले सिर्सिया चौकीको लागि ढकालको सट्टामा बरिस्ठ प्रहरी नायब निरीक्षक गगंन बहादुर शाहीलाई मंगलबार हाजिर हुन गरि पठाएका थिए । तर सई ढकालले एसपीको आदेश नटेरी जिल्ला जान्न मानेनन् ।
प्रहरीले यी ठाउँबाट लाखौं रकम लिने गरेको छ। स्थानीय प्रहरी, जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी कार्यालय तीन ठाउँमा जुवा खेलाउनेले पैसा बुझाउने गरेका छन्।
‘जुवा खेलाउनेले प्रहरीलाई लाखौं रुपैयाँ बुझाएर होलीका लागी लाखौंको जुवाको खेल शुरु भएको छ,’ एक स्थानीयले भने । प्रहरीले जुवातासमा कडा गरेको देखाउन दसैंमा रमाइलो गरिरहेकालाई समातेर मुद्दा चलाउने गरेको र करोडौंको जुवा खेल्न दिने गरेको स्थानीय बताउँछन।
‘सर्वसधारणले दसैं र तिहारमा रमाइलो गर्न कुनै ठाउँमा जुवा खेलेमा प्रहरीले समातेर सार्वजनिक मुद्दा लगाउँछ,’ स्थानीय रविन्द्र गोठ भन्छन्,‘तर लाख, करोडौंका जुवा निर्वाध रुपमा खेलाउन दिन्छन ।’
भारतबाट आएकाले जुवामा लाखौं रुपैयाँ हारेपछि उनीहरु फेरी रित्तो हात आफ्नो देश फर्कने गरेका छन्। आईसिपीमा हुँदै आएको जुवामा धेरै सवारी चालक घरवार बिहिन भएका छन्।
जुवाको पैसाले प्रहरी चौकीका हाकिम र आईसिपीभित्र रहेका सशस्त्र बेशका हाकिम मालामाल भएका छन् भन्ने भारतीय सवारी चालकहरु कंगाल बनेका छन्।
जुवा खेलाउनेहरुले पर्साका एसपी मिश्रालाई लाखौं रुपैया बुझाएको भन्दै बिहान ५ बजे देखि ६ बजे सम्म जुवा खेलाउदै आएको पाइएको छ। यस बिषयमा मिश्रलाई जानकारी गराउदा उहाँले जुवा खेलाउने मान्छेलाई समात्नको लागि विशेष प्रहरी नै खटाएको बताए।
साभार- स्कोप खबर