वीरगन्ज २४ सोमबार
पर्सा प्रहरीले प्रतिबन्धित लागूऔषध चरेश जस्तो देखिने पदार्थ ६ किलो सहित तीन जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला बारा कलैया उमनपा वडा २ का लड्डु राम,जिल्ला पर्सा बिन्दवासिनी गपा३ का सरोज साह र बिमनपा११ का रबि चौधरी रहेका छन्।जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको भिष्वा डाँडाँ प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोक स्थित तिनजनाले भाडामा लिइ बसेको घरकोठामा खानतलासी गर्दा सो कोठामा लुकाइ छिपाई राखेको अवस्थामा पहेंलो प्लाष्टिक भित्र लागु औषध चरेश जस्तो देखिने पदार्थ १५ पोकामा ६ के.जी.५९० ग्राम फेला पारी बरामद लागु औषध सहित नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्राले जानकारी दिनुभयो। पक्राउ परेका तिनै जनालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिमको कसूरमा दिन- ५ ( पाँच ) म्याद थप लिई अनुसन्धान कार्य भइरहेको एसपी मिश्राले बताए।