रौतहट चन्द्रपुर । समाजवादी प्रेस संगठनको केन्द्रीय सल्लाहकार रहेका वरिष्ठ पत्रकार शीतल साह प्रेस चौतारीमा फर्किएका छन् ।
साह विगतमा प्रेस चौतारीका तर्फबाट नेपाल पत्रकार महासंघको कोषाध्यक्ष रहिसकेका थिए । हाल उनी वृहत्तर जनकपुर क्षेत्र विकास समितिको अध्यक्षको जिम्मेवारीमा छन् ।
उनीसँगै उक्त संगठनका मधेश प्रदेश अध्यक्ष प्रवीण साहसहित कमिटी नै चौतारीमा फर्किएको छ । रौतहटको चन्द्रपुरमा आयोजित प्रेस चौतारी, मधेश प्रदेश प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा उनीहरू चौतारीमा फर्किएका हुन् ।
उनीहरूलाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत, वरिष्ठ नेता विश्वमणि सुवेदीसहितले स्वागत गरे ।
उक्त कार्यक्रममा सर्लाहीबाट बख्तियार अली, बाराका अफरोज अर्पण, रामविनय साहसहितका पत्रकार प्रेस चौतारीमा फर्किए ।