जनकपुरधाम । जनकपुर जेसीज २०२५ को होली मिलन समारोह कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
मंगलबार जनकपुर जेसीजको आफ्नै सचिवालय भवनमा अध्यक्ष जेसी मुकेश कुमार साहको अध्यक्षतामा होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।
होली मिलन कार्यक्रममा मधेश प्रदेशका सांसद दिपेन्द्र ठाकुरको प्रमुख अतिथि र हिरा साहको विशिष्ट अतिथिमा होली मिलन समारोहमा एकआपसमा अबिर दलेर आत्मीयता साटासाट गरेको हो ।
रंग, अबिरको पर्व भनेर मानिने हालीको उत्सवमा विभिन्न संस्थाका विशिष्ट व्यक्तिहरुले एक आपसमा रंग लगाएर होली समारोह मनाएको हो ।
कार्यक्रममा जनकपुर जेसीजको पूर्वअध्यक्ष गौतम साह, पूर्वअध्यक्ष सुधिर पजियार, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य संजय चौधरी, डा. अञ्जली गामीसहित बिभिन बिशिस्ट व्यक्तिको उपस्थित थियो ।
कार्यक्रमको संचालन महासचिव जेसी दिपक यादवले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य जनकपुर जेसीजका उपाध्यक्ष जेसी अमरेन्द्र कुमार साहले राखेका थिए ।
कार्यक्रम संयोजक जनकपुर जेसी मनोहर ठाकुर थिए । कार्यक्रममा २०२५ का सम्पूर्ण पदाधिकारीहरुको उपस्थित रहेको थियो ।