2025-03-12

Close

जनकपुरधाम । १५ दिने ऐतिहासिक मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आउने अवसरमा प्रशासनले तीन दिनसम्म माँस/मदिरा सेवन तथा खरिद विक्रीमा प्रतिबन्ध लगाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले एक सूचना जारी गर्दै फाल्गुन २८ गते राति १२ बजेदेखि चैत १ गते मध्यान्हसम्म माँस÷मदिराको सेवन तथा खरिद विक्रीमा प्रतिबन्ध लगाएका हुन् ।

मिथिला बिहारीजी र किशोरीजीको डोलासहित मिथिला मध्यमा परिक्रमा फाल्गुन २९ गते जनकपुरधाम प्रवेश गर्नेछ । त्यसको विहानपल्ट नगर परिक्रमा गर्ने चलन छ ।

परिक्रमा र सोको वरिपरि क्षेत्रभित्र माँस/मदिरा विक्री वितरण र सेवन गर्न/गराउन निषेध गरिएको भन्दै सोको  पूर्ण परिपालना गर्न प्रजिअ कडरीयाले नगरबासीसँग अपिल गरेका छन् ।

यस्तै होलीको दिन नशालु पदार्थको सेवन गरी हो–हल्ला गर्ने, बाटोमा हिड्ने महिलालाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप नगर्न पनि चेतावनी दिइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर