2025-03-12

Close

जनकपुरधाम । सिरहाको औरही गाउँपालिकामा क्याम्पस बनाउन विष्णु महायज्ञ लगाइएको छ । तर यज्ञमा दान वापत संकलित रकम अपारदर्शी रुपमा औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र दिलिप यादवको नाममा निजी खाता खोलेर जम्मा गरिएको छ ।

औरही स्थित एनएमबी बैंकमा खाता नं. ११२०१४६२७३९०००२० नं. बचत खाता खोलिएको छ । खाता सञ्चालकम पालिका अध्यक्ष र दिलिप यादवलाई राखिएको छ । यस सम्बन्धमा अध्यक्ष शिवजी यादवसँग जिज्ञासा राख्दा उनले भने , “ खाता खोल्न संस्था दर्ता गर्नुपर्छ र दर्ता गर्न निकै समय लाग्छ , त्यसकारण निजी खाता खोलेर रकम जम्मा गरेका हौं । ”
अध्यक्ष यादवको भनाइमा आपत्ती जनाउँदै स्थानीयहरु भन्छन् , “गाउँपालिकाकै सिफारिसमा क्याम्पस निर्माण उपभोक्ता समिति बनाएर समितिको नाममा विधिवत खाता सञ्चालन हुन सक्थ्यो । खाता सञ्चालकमा अध्यक्ष स्वयं बसेपनि खाता संस्थागत हुन्थ्यो । निजी खातामा जम्मा गरेको रकमको के भरोसा? ” उनले भने, “ भोलिका दिनमा दिन्नौ, यो त हाम्रो निजी हो भनिदिए भने कानूनले पक्रने ठाउँ नै रहदैन । ” २० लाख जम्मा हुँदा १० लाख मात्र भयो भन्न सक्छन् । अर्काको निजी खाताको बैंक स्टेटमेन्ट देखाउ पनि भन्न मिलेन–उनको कथन थियो । उनले संस्थागत रकम निजी खातामा राख्नुमा बदनियत भएको आशंका गरे ।

यस प्रसङ्गमा सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दहालसंग प्रश्न गर्दा उनले भने , कति तिर हेर्नु? यस्ता कुरा पनि हामीले नै हेर्नु पर्ने? खाता खोल्दा पालिकाको सिफारिसमा संस्थागत खाता खोलेको भए राम्रो हुन्थ्यो । तर म बुझेर भन्छु , के भएको रहेछ ।

यस विषयमा पालिका अध्यक्ष यादव भन्छन् विरोध गर्नेहरु राक्षस हुन् । जसरी राक्षसहरुले गुरु विश्वामिन्त्रको यज्ञमा विघ्न हालेर नष्ट गर्थे त्यसैगरी अहिलेका यी मानव रुपी दानवहरु विरोध गरेर बाधा पु¥याइरहेका छन् । हामीले खातामा रकम जम्मा गर्दा के भयो? पारदर्शी रुपमा हिसाव देखाइ दिन्छौ ।

यस सम्बन्धमा अधिवक्ता प्रशान्त साह भन्छन् , पालिकाले चन्दा उठाएको रकम निजी खातामा राख्नु गैर कानूनी हो । हरहालतमा सार्वजनिक रकम संस्थागत खातामा हुनुपर्छ । संस्थागत खाता छ भने मात्र सरकारी निकायको पहुँचमा हुन्छ ।

यज्ञमा औरही गाउँपालिकाले रु १० लाख आर्थिक साहायता प्रदान गरेको छ । गाउँपालिकाको बजेटबाट यज्ञ सञ्चालन गरिएको छ । कति रकम दान उठ्यो त भन्ने प्रश्नमा अध्यक्ष यादव भन्छन् , “नगद थोरै उठेको छ , जुन रकम व्यवस्थापन मै खर्च भएको छ । ” यादव भन्छन्–“ पछि दिन्छौ भनेर उधारो दान गर्नेहरुले वचन दिएको रकम १५ लाख जति भएको छ । उठ्यो भने खातामा राख्छौं । ”

क्याम्पस दर्ता भएको छैन । क्याम्पस खोल्ने विधिवत स्वीकृति लिइएको छैन । क्याम्पसको लागि जग्गाको प्रवन्ध भएको छैन । यसबारे अध्यक्ष यादव भन्छन्–औरही माध्यमिक विद्यालयको भवनमा तत्कालका लागि क्याम्पस सञ्चालन गर्छौ । विद्यालयकै १२ विघा जग्गा छ त्यसैमा क्याम्पस बनाउँछौं ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर