2025-03-14

Close

सिरहा । औरही गाउँपालिका ५ मा क्याम्पस सञ्चालन गर्ने भन्दै आयोजना गर्न लागेको महायज्ञका नाममा ठूलो रकम उठेको छ । तर उक्त रकम चन्दा उठाउनेले गोजीमै राख्ने गरेको पाइएको छ ।

चन्दामा उठेको रकम राख्न एनएमबी बैंक औरही शाखामा खाता खोलेको छ । खाता गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमतका नेता दिलिप यादवको नाममा छ । तर उक्त खातामा अहिलेसम्म रकम जम्मा गरिएको छ ।

महायज्ञको नाममा करिब १५ दिनदेखि चन्दा संकलन गरिदैछ । गाउँपालिका अध्यक्ष शिवजी यादवले करिब १५ लाख चन्दा संकलन भएको स्वीकारे । तर बैंकमा रकम जम्मा नगरिएकाले अनियमितता हुने स्थानीयको आशंका छ ।

एनएमबी बैंक औरही शाखाका म्यानेजर रविन्द्र यादवले शिवजी र दिलिपको नाममा खाता खोलिएको तर उक्त खातामा अहिलेसम्म रकम जम्मा नभएको पुष्टि गरे । उनले भने, ‘दुई जनाको व्यक्तिगत बचत खाता रहेको छ । त्यसैले रकम जम्मा भएमा कति जम्मा भएको कुरा भन्न मिल्दैन । अहिले रकम नै जम्मा भएको छैन ।’

महायज्ञका लागि समिति बनाइएको छ । तर गाउँपालिका अध्यक्ष र जनमतका नेता दिलिपले कति रकम उठाएकोबारे समितिमा रहेको कसैलाई थाहा छैन ।

गाउँपालिका अध्यक्ष र जनमतका नेता दिलिपले चन्दा उठाउन जाने बेलामा कसैलाई सोधखोज नगर्ने गरेकाले पनि उनीहरु रकम अनियमितता गर्ने शंका बढेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर