2025-03-17

Close

वीरगन्ज ३ सोमबार

पर्साको ग्रामीण भेगमा पर्ने नाका जानकीटोला,दशौता नाका, महादेव पर्टी र पाण्डेरपुर नाकाबाट व्यापक रुपमा माछा तस्करी शुरु।भारतको आन्ध्र प्रदेशबाट आयात गरिने फर्मालिनयुक्त विषाक्त माछा तस्करीमार्फत नेपाल भित्रिने गरेको खुलासा भएको छ। पछिल्लो समय भारतसँग सीमा जोडिएका जिल्लाहरूमा तस्करीको गतिविधि तीव्र बनेसँगै स्थानीय माछापालक किसानहरू आर्थिक रूपमा मारमा परेका छन्, भने नेपाली उपभोक्ताहरू स्वास्थ्य जोखिममा छन्। सीमा क्षेत्रका सुरक्षाकर्मीहरूसँगको मिलेमतोका कारण यो समस्या झन् जटिल बन्दै गएको स्थानीयवासीको आरोप छ।पर्सा जिल्लाका विभिन्न सीमाक्षेत्रबाट अवैध रूपमा माछा भित्र्याइँदै आएको गुनासो बढेको छ।पर्साको जानकीटोला, दसौता, महादेवपर्टी, पाण्डेपुर र मिर्जापुर नाकाबाट अवैध रुपले तस्कर मोम्ताज भन्नेले भित्राएको माछा हिजो राती करिब ११ ; ३० बजे देखि १ बजे सम्म ३ वटा पिक्पमा लोड रहेको माछा जानकीटोला भई वीरगन्ज सम्म माछा पुर्‍याएको यश अनलाईनका समाचारदाँता प्रत्यक्षदर्शी रहेका छन।तर तस्करहरूले कृत्रिम कागजात तयार पारेर पिकअपमा माछा लोड गरि गोदाम सम्म पुर्‍याउने गर्छन्। सीमाक्षेत्रमा यस्ता अवैध गतिविधिहरू प्रहरीको मिलेमतोमा भइरहेको गुनासो रहँदै आएको छ।नेपालमा पछिल्लो समय भारतबाट सस्तो मूल्यमा माछा आयातको नाममा तस्करी बढेसँगै स्थानीय उत्पादन प्रभावित भएको छ, भने नेपाली उपभोक्ता विषाक्त माछा खान बाध्य भएका छन्। यस्तो अवस्थामा सुरक्षा निकायले तस्करी नियन्त्रणमा अझ कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ।माछा तस्करीमा प्रयोग भएको तीन वटा पिकपमा नम्बर प्लेट समेत नभएको गाडीहरु प्रहरी प्रसाशनको सहयोगले तस्करीको माछा ओसारोपोसार गर्दे आएको प्रत्यक्षदर्शीले बताएका छन।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रा र सशस्त्र प्रहरी उपरीक्षक राधेशयाम धितालले तस्करी पुर्ण रुपले बन्द गर्न निर्देशन दिएपनि चौकी , गुल्म र बेशका प्रमुखहरुले निर्देशन विपरीत तस्करीको लाईन दिदै आएको स्थानियहरुले बताएका छन्।यस्ता गतिविधि तर्फ  नेपाल प्रहरी पर्साका प्रमुख र सशस्त्र प्रहरी प्रमुख र मधेश प्रदेशका डिआईजीद्वयको ध्यान जान यति आवशयक देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर