जनकपुरधाम । धनुषामा दुई समुहको झडपमा ९ प्रहरीसहित १० जना घाइते भएका छन्। जस मध्ये प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन्।
सबैला नगरपालिका–९ भठियनमा प्रहरीको गोली लागेर शहिद नगरपालिका–१ कुम्भकरणका २० वर्षीय सन्तोष कुमार यादव गम्भीर घाइते भएका छन्। उनलाई मलद्वारमा गोली लागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहले जानकारी दिए।
गोली लगोर गम्भीर घाइते यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा राखिएको थियो। यहाँ उपचार सम्भव नभएपछि नेपाली सेनाको स्काई ट्रकबाट थप उपचारको लागि काठमाडौंस्थित ट्रामा सेन्टर लगिएको धनुषाका प्रहरी एसपी भुवनेश्वर तिवारीले जानकारी दिए।
यस्तै प्रदर्शनकारीको ढुंगामुढाबाट ९ जना प्रहरी घाइते भएको एसपी तिवारीले बताए। उनका अनुसार पाँचजना नेपाल प्रहरी र ४ जना सशस्त्र प्रहरी घाइते भएका हुन्।
भठियनस्थित चोकमा केही समय अघि यादव चोक लेखिएको बोर्ड राखिएको थियो। त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेर फालेपछि विवाद चर्किएको हो।