2025-04-12

Close

काठमाडौं । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेको छ।

महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै भोलि (सोमबार) देखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर शैक्षिक हड्तालाई सफल बनाउन देशभरका शिक्षक, कर्मचारीलाई आग्रह गरिएको छ।

सरकारसँग विभिन्न मागहरु गर्दै गएको माघ २० गतेबाट आन्दोलनमा रहेको महासंघ यही चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रीत सडक आन्दोलनमा छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक/कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन गारी गराउन सरकारलाई दबाब दिने उद्देश्यले शैक्षिक हड्ताल घोषणा गरिएको महासंघले जनाएको छ । सडक आन्दोलन गरिरहेका शिक्षकलाई सरकारले दुईपटक वार्ताको लागि बोलाए पनि नेपाल शिक्षक महासंघले बेवास्ता गर्दै आएको छ ।

२०८० असोजमा पनि राजधानीकेन्द्रित आन्दोलन गरेका शिक्षकले सरकारसँग सहमति गरेर आन्दोलन रोकेका थिए । तर, सहमति अनुसार शिक्षा ऐन नल्याएको भन्दै महासंघको नेतृत्वमा यसपटक पनि मुलुकभरका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी चैत २० गतेदेखि बानेश्वर–माइतीघर क्षेत्रमा जम्मा भएर आन्दोलन गरिरहेका छन् ।

‘अब देशभरका सबै विद्यालय बन्द गरि काठमाडौँको शैक्षिक आन्दोनलमा सहभागी हुन अनिवार्य रुपमा आउँन हामी सबै शिक्षक कर्मचारलाई आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन र यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यववस्थापन समिति लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौँ ।’

हेर्नुहाेस् विज्ञप्ति :

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर