वीरगन्ज२५ चैत
पर्सा क्षेत्र न ३(क़) का माननीय तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालको पहलमा प्रदेश सरकार द्वारा पोखरीया २ लमरीयामा आज सुरु भएको बाटो ढलानको शिलान्यास संघीय मन्त्री मा.राजकुमार गुप्ताजी को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। संघीय मन्त्री मा.राजकुमार गुप्ता, प्रदेश मन्त्री मा.प्रमोद जयसवाल, पूर्व प्रदेश सांसद प्रहलाद गिरी,पोखरिया नगर प्रमुख प्रधुमन चौहानले सन्युक्त रुपमा शिलान्यास गर्नु भएको थियो। सो कार्यक्रम मा उपप्रमुख रूबी ठाकुर , वार्ड अध्यक्ष केदार चौहान , पोखरिया र अन्य पालिकाका जन प्रतिनिधिहरु, स्थानीय नेता कार्यकर्ता र स्थानीय नागरिकको व्यापक सहभागिता रहेको थियो। सो वडामा आफ्नो पहलमा यस बर्ष सन्चालन भैरहेका योजनाहरु बारे मन्त्री प्रमोद जयसवालले सबै समक्ष प्रकाश पार्नु भएको थियो।