2025-04-19

Close

वीरगन्ज । १७ वर्षअघि भएको हत्यामा संलग्न फरार अभियुक्त पुजारीका रुपमा भेटिएका छन् । पर्साको विन्दबासिनी गाउँपालिका– २ घर भएका ६२ वर्षीय लोकनाथ साहलाई प्रहरीले साधुको पहिरनमा पक्राउ गरेको थियो ।

उनले २५ वैशाख ०६४ मा पर्साको साविक बहुअर्वाभाडा– ५ बस्ने ढोडा मुखिया विनको हत्याको अभियोगमा अदालतले उनलाई सर्वस्वसहित जन्मकैद सजायको फैसला गरेको थियो । जग्गाको विवादमा छलफलमा बोलाएर गोली हानी उनले हत्या गरेका थिए ।

१७ वर्षदेखि फरार रहेका उनी भारतको चम्पारण पिपरियामा रहेको रामजानकी मन्दिरमा पुजारीको रूपमा बस्दै आएको अनुसन्धानमा खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनलाई सोमबार वीरगन्जबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि उनलाई जिल्ला अदालत, पर्सा पेस गरिएकोमा उनी कारागार चलान भएको सिआइबीका एसपी सुधीरराज शाहीले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर