2025-04-19

Close
‘राजा ल्याउँछु भन्दै दुई-चार हजार मान्छे ल्याएर बितण्डा मच्चाउनेलाई कारवाही हुन्छ’

'यो सरकार ढल्दैन, कसैमाथि प्रतिशोध राखेर कारवाही गरेको पनि छैन'

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र स्वीकार नहुने बताएका छन् । मधेश प्रदेशसभालाई सम्बोधन गर्दै गणतन्त्र देशको वर्तमान र भविष्य भएको बताए ।

उनले प्रतिगामी तत्वहरूले आन्दोलनको नाममा तोडफोड र आगजनी गरेको भन्दै आक्रोश पोखे ।

उनले भने, ‘बितण्डा मच्चाएर परिवर्तन ल्याउँछौँ भनेर दुई-चार हजार मान्छेहरूको बितण्डा, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन । स्वीकार्य हुँदैन । यो अत्यन्तै गलत क्रियाकलाप हो । जोसुकै भएपनि कानूनी कारवाहीको दायरामा आउँछ । यो सरकारले कसैले आग्रह पूर्वाग्रह राखेर कारवाही गर्दैन ।’

कार्यक्रमको आयोजना गर्ने, घटनामा संलग्न हुनेहरूलाई नछाड्ने चेतावनी दिए । शान्तिपूर्ण प्रदर्शनलाई सरकारले भड्कायो भनेर भइरहेको प्रचार झूटा भएको जिकिर गरे ।

उनले बाहिर हल्ला चलेजस्तो यो सरकारले प्रतिशोध, राजनीतिक सिद्धान्त, मान्यता र आचरणविपरीत काम नगरेको बताए ।

सरकार अहिले नढल्ने भन्दै उनले थपे, ‘यी दुई दलले अठोट गरेर बनेको सरकार हो । ढल्ने त कुरै छैन । हल्लिँदा पनि हल्लिँदैन ।’

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर