2025-04-13

Close

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका आर्थिक विभाग प्रमुख तथा जनकपुरधामका चर्चित व्यापारी रमण कन्ट्रक्सनका सञ्चालक बलराम महतो बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान तथा कारवाही शाखाले शुक्रबार बलराम महतो विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–४ का विष्णुदेव यादवको छोरा सन्तोष कुमार यादवको जाहेरिमा बलराम विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

धनुषा जिल्लाको साविक रघुनाथपुर गाविस–४ हाल परिवर्तित सबैला नगरपालिका–१२ घर भई हाल जनकपुरधाम उप–१३ बस्ने रमण कन्सट्रक्सन प्रालिका सञ्चाल लक्ष्मी साह सुडीको छोरा ६२ बर्षिय बलराम महतो विरुद्ध बैकिङ्ग सम्वन्धी कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा घटना पश्चता फरार रहेको उनलाई पक्राउ पूर्जी जारी भएको छ ।

सन्तोष र बलराम बिच विगतमा गरिएको कारोवारमा करिव २५ करोडको लेनदेन भएको तर बलरामले आफूले ८ करोड मात्रै दिने भने पछि उनी विरुद्ध मुद्दा नै दायर गरिएको थियो । मुद्दामा उनलाई दोषी ठहर गरेपछि उनी सो पैसा नदिने भन्दै फरार भएका छन् ।

२०८१ चैत २१ ग्ते पुनरावेदन अदालतले समेत उनलाई दोषी ठहर गरेको छ । दोषी ठहर भए देखि उनी मोवाइल अफ गरेर फरार भएका छन् । उनलाई पक्राउ गर्न प्रहरी परिचालन गरिए पनि यस बिषयमा धनुषाका एसपी भूवनेश्वर तिवारीले भने जानकारी दिन चाहेन । उनले यस बिषयमा आफू मुद्दा शाखामा बुझ्ने बताए पनि घटना सम्वन्धमा जानकारी भने दिन मानेन । यता, प्रहरी स्रोतका अनुसार महतोविरुद्ध शुक्रबार औपचारिक रूपमा पक्राउ पूर्जी जारी गरिएको हो । उनलाई पक्राउ गर्न विशेष टोली खटाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर