2025-04-19

Close

वीरगन्ज ३ बैशाख

रौतहटको गौर यातायात व्यवस्था कार्यालयमा अनियमितता मचाएका अरबिन्द दास अहिले बाराको यातायात कार्यालयमा असुली धन्दा चलाइरहेका छन्। गौर कार्यालयमा रहँदा उनले आफ्ना नातेदारलाई बिचौलियाको भूमिकामा राखी गैरकानुनी रूपमा रकम असुल्दै आएको खुलासा भएको थियो।

समाचार स्रोतका अनुसार, दासले चितवन, नारायणघाट, मकवानपुरलगायतका स्थानका सर्वसाधारणसँग जनही १० हजार रुपैयाँ लिई मोटरसाइकल तथा स्कुटरको लाइसेन्स दिने गरेका थिए । सेटिङमार्फत लाइसेन्स वितरण भइरहेको खबर बाहिरिएपछि प्रदेश यातायात मन्त्रालयले उनलाई मन्त्रालयमा तानेको थियो।

तर केही दिन नबित्दै, मन्त्रालयमा मोटो रकम बुझाएपछि दासलाई पुनः बाराको यातायात कार्यालयमा पठाइएको छ। अहिले पनि उनले मुख्यमन्त्री कार्यालय र यातायात मन्त्रालयका उच्च अधिकारीलाई घूस बुझाएर आफ्ना अवैध धन्दा सञ्चालन गरिरहेका छन्।

समाचार स्रोतका अनुसार, दासले अहिले पनि ट्रायल तथा लिखित परीक्षा पास गर्न नसकेका व्यक्तिहरूबाट मोटो रकम लिई गैरकानुनी रूपमा लाइसेन्स वितरण गरिरहेका छन्। साथै, उनले आफ्नै एकजना नातेदारलाई कार्यालयमा राखेर सेटिङमा लाइसेन्स वितरण गर्ने कार्यलाई निरन्तरता दिएका छन्। सवारी चालक अनुमति पत्रकालागि अनलाईन फर्म लाइसेन्स प्राप्त गर्ने बर्तमान समयमा समेत उनले पर्शा जिल्लाबाट चालक अनुमति पत्रमा पास भएका ब्यक्तिलाई पुन : रौतहटबाट समेत पास गराएको प्रमाण हामीलाई प्राप्त भएको छ । यसले पनि प्रमाणित गर्छ कि उनि लेनदेनको कालो धन्दामा कति मसुर छन् भनेर । यस विषयमा सम्बन्धित निकायले तत्काल छानबिन गरी कारबाही नगरेको खण्डमा यातायात कार्यालयमा व्याप्त अनियमितता अझ बढ्ने देखिन्छ।त्यसैगरी बाराको यातायात व्यवस्था कार्यालयमा व्यापक अनियमितता र गैरकानुनी असुली चलिरहेको खुलेको छ। गौरस्थित कार्यालयमा रहँदा अनियमितता मच्चाएका अरबिन्द दास अहिले बाराको कार्यालयमा पुनः सक्रिय भएको पाइएको छ। स्थानीय नागरिक र समाचार स्रोतका अनुसार, दासले यातायात कार्यालयमा सेटिङ मिलाएर अवैध रूपमा रकम असुली र लाइसेन्स वितरणको कामलाई निरन्तरता दिइरहेका छन्।

गौरमा कार्यरत रहँदा उनले आफ्ना नातेदारहरूलाई बिचौलियाको रूपमा प्रयोग गरी सर्वसाधारणबाट अवैध रूपमा रकम उठाउने कार्य गरेका थिए। चितवन, नारायणघाट, मकवानपुर लगायतका स्थानका सेवाग्राहीहरूसँग प्रति व्यक्ति १० हजार रुपैयाँ असुली गरी लाइसेन्स वितरण गरेको तथ्य बाहिरिएपछि उनलाई प्रदेश यातायात मन्त्रालयले मन्त्रालयमै तानेको थियो। तर केही समय नबित्दै, दासले मन्त्रालयका केही उच्च अधिकारीलाई घूस बुझाएर पुनः बाराको कार्यालयमा सरुवा गराएको आरोप छ।

हाल पनि उनी ट्रायल वा लिखित परीक्षा पास नगरेका व्यक्तिहरूसँग मोटो रकम लिएर गैरकानुनी रूपमा लाइसेन्स वितरण गरिरहेका छन्। यसका लागि उनले पुनः आफ्ना नातेदारलाई कार्यालयमा राखी सेटिङ मिलाएर अनियमितता जारी राखेको स्थानीयको भनाइ छ। यसले गर्दा इमानदार र योग्य नागरिकहरू वञ्चित भइरहेका छन् भने कानुनी प्रक्रिया मिचेर लाइसेन्स पाउने प्रवृत्तिले प्रश्रय पाइरहेको छ।

स्थानीयवासीहरूले बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको ध्यान यसतर्फाकर्षण गराउँदै तुरुन्त छानबिन र कारबाहीको माग गरेका छन्। केही समयअघि तस्करीको सूचना पाएपछि फिल्डमै पुगेर नियन्त्रणमा लिन सफल भएका प्रमुख अधिकारीबाट अहिले पनि सक्रिय हस्तक्षेपको अपेक्षा गरिएको छ। यदि सम्बन्धित निकायहरूले तत्काल कारबाही नगरे अनियमितता झनै बढ्ने खतरा देखिन्छ।बाराको यातायात कार्यालयमा भइरहेको यो अव्यवस्था दिगो रूपमा लुकाउन सकिने अवस्था छैन। कानुनी शासनको प्रत्याभूति गर्न र भ्रष्टाचारमुक्त प्रशासन निर्माण गर्न तत्काल प्रभावकारी छानबिन र कारबाही आवश्यक भएको स्थानीयको धारणा छ।त्यसैगरी यातायात  कार्यालय बारामा भइरहेका अनियमितताको भण्डाफोर गर्न पुगेका पत्रकारमाथि यातायात कार्यालय बाराका कर्मचारीबाट दुर्व्यवहार भएको छ । रिपोर्टिङका क्रममा गएका पत्रकार प्रभात यादवसहित चार जनाको टोलीमाथि कर्मचारीले हस्तक्षेप गर्दै मोबाइल समेत खोसेर भिडियो नखिच्न चेतावनी दिएका थिए ।
प्राप्त विवरणअनुसार, पत्रकारको टोली यातायात कार्यालय बाराका प्रमुख अरविन्द दासले सेटिङमा लाइसेन्स वितरण गरिरहेको सूचनाको सत्यता बुझ्न स्थलगत रिपोर्टिङका लागि पुगेको थियो। तर, सो क्रममा प्रहरी आफैंले रिपोर्टिङमा अवरोध गर्दै यादवको मोबाइल खोस्नुका साथै “सिडियोको पत्र ल्याएर आउ” भनी धम्क्याएको जनाइएको छ। कार्यालयमा उपस्थित सबै कर्मचारीहरु कोही पनि सरकारी पोषाकमा भने थिएनन् । यसले शंका हुन्छ कि उनिहरु यातायातकै कर्मचारी थिए कि अन्य भनेर । समाचार संकलनमा अवरोध पुगेको भनि कार्यालय प्रमुखलाई सम्पर्क गर्दा उनि कार्यालयमा नभएको बताउँदै यो बारा जिल्ला भएको र जे पनि हुन सक्ने भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।

यातायात कार्यालय गौर र रौतहटमा कार्यरत रहँदा समेत सेटिङका आधारमा लाइसेन्स वितरण गर्दै आएका दासलाई मन्त्रालयले पहिले नै हटाएर तानेको थियो। तर, ठुलो रकम बुझाएर पुनः कलैया कार्यालयको प्रमुखका रूपमा पुनर्नियुक्त भएपछि उनी सोही सेटिङमार्फत पुनः लाइसेन्स वितरणमा सक्रिय भएको आरोप लागेको छ।
स्थानीयको भनाइमा, दासले आफ्ना नातेदार र बिचौलियामार्फत सेटिङको भरमा अवैध रूपमा लाइसेन्स वितरण गरिरहेका छन्। यो क्रममा उठाइने रकम दासको मन्त्रालय पठाउने लगानीको ‘रिटर्न’ हो भन्ने व्यापक चर्चा छ।

सार्वजनिक कार्यालयमा भइरहेका यस्ता अनियमितता र भ्रष्टाचार उजागर गर्न खोज्ने पत्रकारमाथि कर्मचारीबाटै दुर्व्यवहार हुनु निकै दुःखद र निन्दनीय रहेको स्थानीयको भनाइ छ।

यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र अख्तियारको गम्भीर ध्यानाकर्षण जरुरी देखिएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर