सिरहा । सिरहाको बरियारपट्टि गाउँपालिका–१ बाट कटुवा पेस्तोल सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी कचनारी सिरहावाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा भारत तर्फ जादै गरेको नम्वर प्लेट नभएको हिरो कम्पनीको मोटरसाइकलमा सवाई मधुवनी ग्रामपञ्चायत पिपराही– २ कमलपुर बस्ने धर्मेन्द्र सिंहको छोरा १९ बर्षीय राजीव सिंह र सोही मोटरसाइकलमा सवार फुलेश्वर सिंहका छोरा १९ बर्षीय प्रिन्स सिंहलाई पक्राउ गरेको छ ।
प्रहरीले प्रिन्स सिंहको कम्मरमा राखिएको अवस्थामा कटुवा पेस्तोल एक थान र १ राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालतवाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक विरेन्द्र कुमार पासवान जनाएको छ ।