वीरगन्ज १० बैशाख
सशस्त्र प्रहरी पर्साले अवैधरुपले लोकल कुखुरा सहित मोटरसाइकल पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौबाट सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको प्रहरी टोलीले भातरवाट अवैधरुपले लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित लोकल कुखुरा पर्साको बिन्दवासी गाऊपालिका झौवा नाकाबाट ८० वटा लोकल कुखुरा बरामद गरेको छ।पक्राउ परेका लोकल कुखुरा र मोटरसाइकल करिब ३ लाख रुपैया बराबरको रहेको सशस्त्र प्रहरीले जनाएको छ।पक्राउ परेको कुखुरा स्थानिय,पशु क्वाईरेन्टाईन,वडा अध्यक्ष र पत्रकारको रोहबरमा नष्ट गरेको डिएसपी पुजाराले बताउनुभयो।