2024-11-22

Close

कर्णाली साउन ३०गते ।

कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्री पदमुक्त भएका छन् । बैंकिङ कसुर गरेको अभियोगमा उच्च अदालत पाटनले मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएपछि उनी पदमुक्त भएका हुन् ।

 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम खत्रीलाई पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्रीको निर्णय बिहीबार प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई समेत जानकारी गराइएको बुढाथोकीले बताए ।

 

उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलासले मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई पक्राउ गर्न सोमबार आदेश जारी गरेको थियो । मन्त्री खत्रीसहित पाँचजनाले कृषि विकास बैंक भोजपुरको एक करोड १० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टीको पत्र तयार गरी जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेका अदालतले ठहर गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर