जनकपुरधाम,साउन ३१ गते ।
विगत केही वर्ष देखि धनुषा जिल्लामा एस.ई.ई परीक्षा मर्यादित हुन थालेको छ । समन्वय समितिको वैठकमा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागि थिए ।
सात वटै परीक्षा केन्द्रका केन्द्राध्यक्षहरुको पनि सहभागिता रहेको सो बैठकमा अनुगमनको क्रममा उत्कृष्ट ठहर हुने केन्द्रलाई कदर सहित प्रशंसापत्र पनि प्रदान गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवं परीक्षा समन्वय समितका अध्यक्ष कणेलले बताए ।
जिल्ला परीक्षा समन्वय समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको अध्यक्षतामा भएको बैठकमा परीक्षालाई मर्यादित, व्यवस्थित तथा निष्पक्ष रुपमा सञ्चालन गर्नका लागि परीक्षा केन्द्रका केन्दाध्यक्षहरुलाई निर्देशक दिइएको छ ।
यसैगरी ऐच्छिक अर्थशास्त्रका लागि ४० जना, मैथिलीका लागि १३ जना, जनसंख्या तथा स्वास्थ्यका लागि १ सय ५ जना, कम्प्युटरका लागि ५ जना, संस्कृतको ज्योतिषका लागि २ जना तथा भाषा साहित्य तर्फ ४ जना तथा व्याकरण तर्फ १ जनाले पुरक परीक्षामा सामेल हुनका लागि आवेदन फारम भरेको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख बरखु प्रसाद रजकले बताए ।
जिल्ला परीक्षा समन्वय समितिको शुक्रबार बसेको वैठकले एस.ई.ई.को ग्रेड बृद्धिका लागि रहेको ७ वटै परीक्षा केन्द्रहरुमा मोवाईलको प्रयोग पूर्ण रुपमा निषेध गरेको छ । परीक्षामा अंग्रेजी विषयका १ हजार ३ सय ९ जना, गणित विषयका लागि ३ हजार ५७ जना, विज्ञान विषयका लागि १ हजार ३ सय ८५ जना, नेपाली विषयका लागि ८ सय ८ जना, सामाजिक शिक्षाका लागि ८ सय ६३ जना, स्वास्थ्य तथा जनसंख्याका लागि ३ सय ८४ जना, ऐच्छिक गणितका लागि ३ हजार ८८ जनाले आवेदन दिएका छन् ।
आईतबारदेखि हुन लागेको एस.ई.ई.को ग्रेड बृद्धि सम्बन्धि परीक्षाको सम्पूर्ण तयारी धनुषामा पुरा भएको छ । धनुषा जिल्लामा ग्रेड बृद्धिका लागि ३ हजार ४ सय ९० जना सहभागि हुन थालेका छन् ।