जनकपुरधाम, साउन ३२ गते । बयान लिने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट जबर्जस्ती करणीका अभियुक्त फरार भएपछि प्रहरी सहायक निरीक्षक निलम्बनमा परेका छन् ।
बिहीबार दिउँसो अपराध अनुसन्धान शाखामा प्रहरी सहायक निरीक्षक असई राज कुमार भण्डारीलाई निलम्बन गरिएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–८ बलुवा टोलमा डेरा लिई बस्दै गरेका सिरहाका २० वर्षीय राममणी यादव डेरा जनिकै बालिकालाई जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका यादव अनुसन्धानको क्रममा असई भण्डारीले बयान लिई रहेको बेला फरार भएका थिए । प्रहरीकै रोहबारमा ब्यानका दिइरहेकाबेला बाक्लो उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालयमा प्रहरीलाई चक्मा दिँदै अपराधी फरार भएपछि प्रहरीमाथि प्रश्न उठेको छ। तर, प्रहरीले जानीजानी नभगएको प्रहरी उपरिक्षक खनालले बताए ।
‘प्रहरीले व्यक्तिगत स्वार्थ पुरा गर्न उनलाई भगाएको होइन, लापरबाहीले भागेपछि असई भण्डारीलाई कार्वाही गरिएको छ,’ उनले भने । फरार यादवको खोजी कार्य तीव्र पारिएको उनले बताए। प्रहरी हिरासतबाटै थुनुवा यादव फरार भएको घटना छानविनका लागि प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीको संयोजकत्वमा ५ सदस्यीय छानविन टोलीसमेत गठन गरी अनुसान्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जनाए ।