संघीय प्रेस फोरम र प्रेस सोसाइटीबीच एकता, संगठनको नाम ‘प्रेस नेपाल’
काठमाडौं भदौ ७ गतेे – तत्कालिन संघीय समाजवादी फोरम नेपालनिकट पत्रकारहरुको संगठन संघीय प्रेस फोरम र नयाँ शक्ति पार्टीनिकट प्रेस सोसाइटी नेपालबीच शनिबार समायोजन गरिएको छ ।
समाजवादी पार्टीको वौद्धिक पेसाकर्मी महासंघका अध्यक्ष कृष्ण शर्मा तथा इन्चार्ज नहेन्द्र प्रधानको उपस्थितिमा पार्टी कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबीचको एकता वा समायोजन सम्पन्न गरिएको हो ।
समायोजनसँगै केशव अर्यालको अध्यक्षतामा ८० सदस्यीय प्रेस नेपाल गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा आतिशकुमार मिश्र, नातिकाजी महर्जन, कमन देवान, प्रल्हाद पोखरेल, मनोज ढोडारी चयन भएका छन् ।
महासचिवमा विजय चाम्लिङ, उपमहासचिवमा देवेन्द्र खापुङ र सचिवहरुमा दिपेन्द्र रुम्दाली, मुकेश मिश्र, शाहीमान राई योगेन्द्र साही, विदुर ढुंगेल र उज्वल पौडेल छन् भने कोषाध्यक्षमा पासाङ शेर्पा छिन् ।
अर्याल प्रेस सोसाइटीको तर्फबाट अध्यक्ष भएका हुन् ।
उपाध्यक्ष मिश्र, महर्जन र देवान संघीय प्रेस फोरमबाट हुन् भने पोखरेल र ढोडारी प्रेस सोसाइटीबाट उपाध्यक्ष भएका हुन् ।
महासचिव चाम्लिङ, उपमहासचिव खापुङ, सचिवहरु रुम्दाली, मिश्र, राई संघीय प्रेस फोरमबाट हुन् भने साही, ढुंगेल र पौडेल प्रेस सोसाइटीबाट सचिव बनेका हुन् । प्रेस नेपालका कोषाध्यक्ष शेर्पा पनि संघीय प्रेस फोरमबाटै हुन् ।
प्रेस नेपालको औपचारिक घोषणा भने केही दिनपछि विशेष कार्यक्रमका साथ गरिने वौद्धिक पेसाकर्मी महासंघका इन्चार्ज नहेन्द्र प्रधानले बताए ।