सेती अस्पतालको नर्स र कार्मचारीलाई करवाही गर : युवा अध्यक्ष गुप्ता
काठमाडौ, २० गतेे । समाजवादी पार्टी, प्रदेस नम्बर ७ का युवा अध्यक्ष गोबिन्द गुप्ताले सेती प्रदेशिक अस्पतालका नर्स र कर्मचारीलाई कारवाहीको मांग गरेका छन । अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीलाई दुव्र्यवहार गरेको प्रती आक्रोशित हुँदै समाजवादी युवा संघ प्रदेश न. ७ लेे आफ्नो माग राख्दै युवा अध्यक्ष गुप्ताले कारवाहीको मांग गरेका हुन ।
प्रदेशिक अस्पतालमा कार्यरत नर्स र कर्मचारीले मानबिय संबेदनसिलता बिपरित बिरामीलाई बिहिवार राति दुव्र्यवहार प्रती पार्टीको ध्यानाकर्षण भएको जानकारी गराउंदै कडा कारवाहीको मांग गरेका छन् । अस्पताल जस्तो संबेदनसिल संस्थामा कार्यरत कर्माचारीले बिरामी माथी अमानवीय गतिविधि गर्दा बिरामीहरु झन पिडित हुने अध्यक्ष गुप्ताले बताए । दुव्र्यवहारमा संलग्नलाई तत्कालै कारवाही नगरी बाध्यभएर आन्दोलनमा उत्रनु पर्ने चेतावनी समेत दिएका छन ।