मुख्य समाचार
जनकपुरधाम।जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष १४ हजार ६ सय ३३ बोकाको बलीप्रदान गरिएको छ ।
आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको थियो ।
बोकाबलीका लागि यसपाली ४ वटा अस्थायी ठेहा राखिएको थियो । प्रत्येक ठेहाको लागि ५ जनाको समूहमा स्वयंसेवक परिचालित थिए । बोकाको लाईन सहित डोरी र व्यवस्थापनको लागि समेत प्रति ठेहा ५ जना जनशक्ति खटाइएको थियो । त्यस्तै नवमीका दिन सोमवार बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने राम युवा कमिटीका अध्यक्ष उपेन्द्र ठाकुरले जानकारी दिएका छन् ।
बर्ष – बलिको संख्या
२०६५ – ११,१३४
२०६६ – १३,७९०
२०६७ – १३,५५२
२०६८ – १२,५६१
२०६९ – १४,७५४
२०७० – १४,७२१
२०७१ – १५,४६१
२०७२ – १३,८०१
२०७३ – १४,६३३
२०७४ – १२,४४७
२०७५ – १४,९९७
२०७६ – १४,६३३