2024-11-24

Close

सप्तरी , कार्तिक १३ । नेपाली काङ्ग्रेस र नेकपा परित्याग गरि सयौं नेता कर्याकर्ता आज समाजवादी पार्टी मा प्रबेश गरेका छन ।
सप्तरी को हनुमान नगर कँकालनी र राजगढ गापामा अाजअायाेजित छुट्टाछुट्टै पार्टी प्रबेश कार्यक्रममा गत प्रदेश सभा को निर्वाचनमा सप्तरी क्षेत्र न १ क मा नेकपाका प्रत्याशी रहेका मो शकिल अलि, क्षेत्र न ३ ख मा स्वतन्त्र प्रत्याशी रहेका सुरेन्द्र यादवको नेतृत्व मा सयौं नेता कार्यकर्ता प्रबेश गरेका हुन ।

नवप्रबेशी हरुलाई प्रमुख अतिथी समाजवादी पार्टी का केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, बिशिष्ठ अतिथी उपाध्यक्ष लालबाबु राउत सहितकानेताहरुले अबिर माला लगाई पार्टी मा स्वागत गर्नु भएको छ ।
पार्टी प्रबेश कार्यक्रम लाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथी यादवले मधेश आन्दोलन बाट प्राप्त उपलब्धि को रक्षाको लागी संघर्ष अझै जारी रहेको बताउनु भएको छ ।
प्रतिक्रियाबादी शक्तिहरू संघीयता , गणतन्त्र र धर्मनिरप्रेक्षता विरुद्ध षडयन्त्र गरिरहेको उल्लेख गर्नु हुदै उपप्रधानमन्त्री समेंत रहनु भएको यादवले त्यस्ता प्रतिक्रियावादीहरु विरुद्ध आफुहरु निरन्तर आन्दोलन जारी राखेको बताउनु भयो ।


राजनीतिक आन्दोलनका साथै समाजिक आन्दोलन को समेत आवश्यकता रहेको उहाँको कथन थियो ।
कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश का मुख्यमन्त्री लालबाबु राउतले उत्पीडित समुदायको अधिकार प्राप्ती समाजवादी बाट मात्र सम्भव रहेको बताउनु भएको छ ।
केन्द्रिय नेतृत्व मा समावेशीता को मिशाल कायम गरेको समाजवादी पार्टी अगामी दिनमा प्रदेश मात्र नभई सघिय सरकार को नेतृत्व समेत गर्ने दावी गर्नु भयो ।

कार्यक्रम मा पार्टी का उपाध्यक्ष रेणु यादव, केन्द्रिय सदस्य एवं प्रदेश सरकारका कृषि मन्त्री शैलेन्द्र साह, प्रतिनिधि सभा सदस्य डा सुर्य नारायण यादव, प्रदेश सभा सदस्य अभिषेक यादव, पार्टी प्रदेश समिति का मुख्यसचिव शम्भु झा, सचिव दिनेश यादव ,जिल्ला अध्यक्ष केदार यादव सहितको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर