मुख्य समाचार
जनकपुरधाम, मसिर २९ । मुख्यमन्त्री लालबाबु राउतले धनुषा को क्षिरेश्वर नाथ न पा ५ महेन्द्रनगर मा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडित परिवार लाई भेट्नु भएको छ ।
आज बिहानै टोली सहित घटना स्थल पुग्नु भएको मुख्यमन्त्री राउतले घाइते हरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले ब्यहोर्ने र मृतक परिवारलाई प्रती मृतक राहत समेत उपलब्ध गराउने बताउनु भयो ।
मृतक परिवार लाई उपलब्ध गराईने रकम बारे आउदो मन्त्री परिषद्को बैठक बाट निर्णय गरिने बताउनु भयो ।
टोलिमा प्रदेश सभा का सभामुख सरोज यादव, समाजवादी पार्टीको प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्यन्यायधिबक्ता दिपेन्द्र झा, प्रदेश सभा सद्स्य सिघासन सा कलबार सहित को सहभागिता रहेको थियो ।
बम बिस्फोट को घटना मा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । घाइते हरुको उपचार धरान मा भै रहेको छ ।