प्रमुख समाचार
अप्पन समाचारदाता । धनुषामा अवैध उत्खननको विरोध गरेपछि एक युवकको हत्या भएपछि प्रदेश २ सरकारले अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका सबै जिल्लामा मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गराउने निर्णय गरेको हो ।
प्रदेश सरकारले त्यहिअनुसार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रसमेत पठाएको छ । अवैध उत्खनन्को विरोध गर्द शुक्रबार धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको थियो । त्यसपछि प्रदेश सरकारले कडाइ गर्न सुरू गरेको हो ।
गैरकानूनी रुपमा नदीजन्य पदार्थ उत्खनन रोक्न र नदीहरुको अवस्थाबारे जानकारी गराउन पत्राचार गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताए ।