प्रमुख समाचार
विपिन कुमार यादव,जनकपुरधाम, ४ फाल्गुन । धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टीले कार्यालय संचालनमा ल्याएको छ । विसु अभियान अन्तर्गत समाजवादी पार्टीले कार्यालयको स्थापना गरेको हो।
शनिवार कमला नगरपालिका वडा नं.४ सघारामा पार्टी कार्यालयको उद्घाटन विसु अभियानका धनुषा संयोजक तथा सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले गरे । नगर अध्यक्ष मनिक लाल मण्डलको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्घाटनमा बोल्दै सांसद अरगरियाले संगठन चुस्त दुरुस्त बनाउनेमा जोड दिए ।
सांसद अरगरियाले आगामी निर्वाचनमा धनुषाको सबै क्षेत्र जित्नेगरि संगठन निर्माणमा जुटेको बताए । उनले जनताको काम इमानदारीताका साथ गरिदिन नगरका नेताहरुसंग आग्रह समेत गरे । उनले मधेसी जनताको हकअधिकारका लागी संविधान संशोधन गराउन संघर्ष समेत जारी रहेकाले पनि संगठन निर्माणमा बिशेष ध्यान दिन स्थानीय नेताहरु संग आग्रह गरे ।
यस्तै सोही कार्यक्रममा अन्य पार्टीका एक दर्जनभन्दा व्यक्तिले समाजवादी पार्टीमा प्रवेश गरेका छन । नेपाली कांग्रेस परित्याग गरि बनारसी कवारी सहित १० जना र नेकपा परित्याग गरि रामदेव महरा,राजगिर महरा , महिन्द्र महरा सहित ३० जनाले समाजवादी पार्टीमा प्रवेश गरे । नव प्रवेशीहरुलाई सांसद अरगरियाले स्वागत गरेका थिए ।