जनकपुर, ७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनसङ्गठनप्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (PEAN)को प्रदेश २ को प्रदेश कमिटी जनकपुरमा आज एक कार्यक्रमका बिच घोषणा गरिएको छ ।
नेकपा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डलको प्रमुख आतिथ्यतामा आज ३९ सदस्यीय कमिटी निर्वाचित हुनुभएको छ । जनकपुरमा आयोजित PEANको प्रादेशीक प्रथम भेलाले इ. सागर चौधरीको अध्यक्ष्यतामा गठित कमिटीमा प्रदेश २ का ८ जिल्लाका अगुवा इन्जिनियर नेताहरु समेटिनुभएको छ । सबै निर्वाचित पदाधिकारीहरुलाई PEANका इन्चार्ज मनोज जङ थापाले पद तथा गोपनियताको सफत गराउनु भएको थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य घनेन्द्र बस्नेत, सुमन प्याकुरेल, सुधिर साह, सांसद मन्जु यादव, सांसद किशोरी झा, पिन महासचिव डा. हरि पराजुली, शिव मङल गिरि, सन्जिब रोकाहा, ब्रज किशोर मण्डलले सम्बोधन गर्नु भएको PEAN प्रदेश २ का इन्चार्ज राम एकवाल यादवले जानकारी दिनुभयो ।
प्रदेश २ मा PEAN प्रदेश कमिटी गठनले नयाँ उर्जा थपेको PEANका सचिवालय सदस्य रोशन कुमार यादवको दाबी छ ।