जनकपुरधाम, फागुन १२ । मुख्यमन्त्री लालबाबु राउतले कृषिलाई औद्योगिकीकरण गर्न नसक्नु मुलुकको लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।
खाद्य प्रवृद्धि तथा गुण नियन्त्रण कार्यालयले आयोजना गरेको खाद्य मेलाको समापन समारोहमा मुख्यमन्त्री राउतले मुलुक कृषि प्रदान रहे पनि कृषि औद्योगिक करण गर्न नसक्नु दुभाग्य पूर्ण रहेको बताउनु भएको छ ।
खाद्य मेलाले कृषि उत्पादनलाई कसरी औद्योगिकी करण गर्न सकिन्छ भन्ने बारे ज्ञान प्रदान गरेको उल्लेख गर्नु हँुदै उहाँले प्रदेश २का किसानहरुलाई पनि यसै दिसामा अग्रसर हुनुपर्ने बताउनु भयो ।
मुलुकको कृषि धारासायी हुँदै जानुमा सरकार समेत दोषी रहेको स्वीकार गर्नु हुँदै मुख्यमन्त्री राउतले कृषिको अरबौ अनुदानको रकम माफियाहरुको खातामा जाने गरेकोले त्यसलाई निरुत्साहित गर्न प्रदेश सरकार किसानको खातामा अनुदान रकम पठाउने योजना ल्याउन लागेको बताउनु भयो ।
उहाँले आधुनिकिकरणको नाउमा खान पानमा सबै भन्दा बढी हेल चक्रयाई हुँदै आएकोले स्थानीय उत्पादनलाई खान पानमा बढी भन्दा बढी प्रयोग गर्न आग्रह समेत गर्नु भयो ।
खाद्य प्रवृधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक उपेन्द्र रायको अध्यक्षतामा भएको समापन समारोहमा मेलामा सहभागी स्टलहरु मध्ये उत्कृष्ट भएकाहरुलाई पुररस्कार समेत प्रदान गरिएको थियो ।