विपिन कुमार यादव,जनकपुधाम,२४ चैत । कमला नगरपालिकामा समाजसेवी हरुले सर्वसाधारण जनतालाई सहज र सस्तो मूल्यमा तरकारी बिक्री अभियान सञ्चालन गरेको छ ।कोरोना भाइरसलाई नियन्त्रण तथा आफू बँच्न र बचाउनका लागि सरकारले लगाएको लकडाउन पश्चात् तरकारी लगायतको मूल्य आकाशिएपछि कमला नगरपालिका मा समाजसेवीहरुले सो अभियान सञ्चालनमा ल्याएको छ ।
कमला नगरपालिका वडा नं.४ सघारामा मनिक लाल मण्डलको दरवाजामा राखेर सम्पुर्ण नगरवासी हरु लाई जानकारी गरेर सुपथ मुल्यमा नगरवासी लाई सेवा प्रदान गरिरहेको छ ।
तरकारीको घुम्ती सेवा सर्वसाधारणहरुको टोल टोलमा गएर बजार भन्दा अति सस्तो मूल्यमा उपलब्ध गराइरहेको समाजसेवी मनिक लाल मण्डलले बताएका छन् ।
समाजवादी पार्टी धनुषाको कमला नगरपालिका नगर अध्यक्ष समेत रहेका मण्डलले कमला नगरपालिकाको विभिन्न टोल टोलमा गएर घुम्ती तरकारी सेवा सुरु गरिएको बताएका छन्।
कमला नगरपालिका र वरिपरिका नगरपालिकाको टोल टोलमा तरकारी सेवा प्रदान गरिएको छ । सघारा चौकमा एक स्टोर खोलेर सहुलियत तरकारी उपलब्ध गराउने योजना रहेको मण्डलले बताए ।
उनले भने –“किसानका लागि बिशेष पहलमा सो घुम्ती सेवा सँचालन गरिएको हो ।सेवा नै धर्म हो! धर्म नै मानव जिवनको मुख्य कर्म हो।कष्टमा परेका मानिसको सेवा गर्नु ,सुख पुर्याउनु नै धर्म हो।
तपाईंलाई भगवान्ले सपन्नता प्रदान गरेको छ, प्रचुर धन दिएको छ, सबै प्रकारको सुविधाबाट युक्त बनाएको छ भने दीन–हीन, अनाथ, रोगी, दुःखी व्यक्तिलाई मन खोलेर सहायता गर्नुपर्छ। यसै क्रममा अाज समाजवादी पार्टीको नगर अध्यक्ष समाजसेवी मण्डल र इशाक कवारीको सहयोगमा कमला नगरपालिकामा अनिश कवारी,जितेन्द्र यादव ,राम कृष्ण मण्डल ,राम चलितर यादव,नजिर कवारी,अताबुल कवारी,किशन साह लगायत विभिन्न पार्टीको सहयोगमा सहुलियत पसल खोलेर नगरका जनता लाई सेवा दिदै आइरहेका छन ।
कमला नगरपालिका समाजसेवी इशाक कवारीको विशेष सहयोग उपभोगताहरूको सहजताको लागि कमला नगरपालिकाको समाजसेवीहरु द्वारा सहयोगमा सो योजना ल्याएको हो ।
सहुलियत दरको पसल सचालन गरी उपभोताहरूको आवश्यकता लाई सेवा दिरहेको छ । घुम्ती तरकारी पसलले सेवा उपलब्ध गराउँदैछ ।आलु प्रति केजी ३७ रुपैया र प्याज प्रति केजी ४८ रुपैयाको भाउमा मात्र उपलब्ध गराउने बताउनुभएको छ । लकडाउनमा कसैलाई घरबाट जथाभावी ननिस्कन आग्रह गर्दैै उहाँले आफूहरुको शिविर प्रत्येक टोलटोलमै पुग्ने बताएका छन् । सम्पर्क गर्नु परेमा मोबाईल नम्बर :- 9809611222 र 9809669486 मा सम्पर्कमा आउनु होला ।