विपिन कुमार यादव,जनकपुरधाम,८ बैशाख । लकडाउनले जनजिवन कष्टकर हुंदै गएको अवस्थामा धनुषाको शहिदनगर नगरपालिका वडा नं ९ विर्ता टोल निवासी ५५ वर्षिय सौखी मुसहरलाई ३० वर्षिय छोरा नथुनी मुसहरले खन्ती प्रहार गरी हत्या गरेको हो ।
धनुषामा छोराले खन्ती प्रहार गरी वुवाको हत्या छोरा पक्राउ परेका छन्।
छोरा नथुनीले बालबच्चाका लागि दुध किन्न वुवा संग पैसा मागेका थिए । तर वुवाले पैसा दिन ईनकार गरेपछी हातमा रहेको खन्ती (फलामको डण्डी) प्रहार गर्दा घटना स्थलमै मृत्यु भएको चोराकोयलपुर प्रहरी चौकीले जनाएको छ । खन्ती प्रहारवाट टाउको फुटेको छ ।
घटना लगत्तै प्रहरी पुगे पछि नथुनी फरार भएका थिए । त्यस पछि फरार अभियुक्तलाई राति नै प्रहरीले अनुसंधानको क्रममा राति ३ बजे आफ्नो घरमै सुतेका बेला हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चोराकोयलपुरले जनाएको छ ।
लाशलाई पोस्टमार्टमको लागि अहिले पा्रदेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।