मुख्य समाचार
विपिन कुमार यादव, २६ बैशाख । बाग्मती प्रदेशको ईन्चार्जमा धनुषा जिल्ला निवासी हाल काठमाडौंमा कार्यरत ई.सितेश कुमार यादव र अध्यक्षमा धनुषा जिल्ला हाल भक्तपुर ठिमी निवासी ई. स्तुती झा सहित ३५ जनाको कार्यसमिति गठन गरेको छ।
मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति द्वारा बैशाख २६ गते गरिएको निर्णय अनुसार जिल्ला, प्रदेश र केन्द्रीय समिति को पुनर्गठनको कार्य तालिका तय भए पनि करोना भाइरस को कारणले विश्व व्यापी महामारीको अवस्था सिर्जना भएको कुरा सबैमा अवगत नै छ ई.यादवले बताए ।
तथापि नेपाल सरकार द्वारा गरिएको लकडउन लाई मध्य नजर गर्दै टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक, मेसेन्जर र भिडियो कन्फरेन्स मार्फत दोस्रो चरणमा बाग्मती प्रदेश कार्यसमिति गठन गरिएको छ। उक्त कार्यसमिति गठन गर्नको लागि केन्द्रीय समिति को सर्वसम्मत निर्णय बाट ३५ सदस्य कार्यसमिति चयन गरेको एक विज्ञप्तिमार्फ ई.यादवले बताए ।
तपाईंहरुले संगठनको विधान, नीति,नियमको अधिनमा रही काम गर्नु हुनेछ भन्ने विश्वास को साथ तपाईंहरु को सुखद कार्यकालको शुभकामना व्यक्त गर्दै ई.संजिव नारायण यादवले अप्पन जनकपुर लाई बताए ।