विपिन कुमार यादव,३२ जेठ, काठमाडौं । जन्ता समाजवादी पार्टी नेपालको संघीय दलको प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र न.२ बाट निर्वाचित सांसद उमाशंकर अरगरियाले धनुषामा हिरासतमा रहेका व्यक्तिको मृत्युका सम्बन्धमा छानबिनको माग गरेका छन् ।
धनुषाको सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनापछि पक्राउ परेका चालकको जेठ २७ गते हिरासतमै शौचालयमा भुण्डिएको अवस्थामा शव फेला परेको घटना छानबिन गर्न उनले माग गरेका हुन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद अरगरियाले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याएर मारेको बताइरहेको उल्लेख गर्दै छानबिन हुनुपर्ने बताए । उनले रुकुम घटनाबारे छानविन गर्न गठन भएको संसदीय समतिलाई धनुषाको उक्त घटनाको छानबिन गर्न जिम्मा दिन माग गरे ।
नेता अरगरियाले राजनीतिक संरक्षणमा अपराधीले उन्मुक्ति पाइरहेको भन्दै आपराधिक घटनालाई राजनीतिक आडमा जोगाउने परम्परा रोक्न माग गरे ।