2025-01-18

Close

विपिन कुमार यादव,जनकपुरधाम : सञ्चारकर्मीहरुको सञ्चार उपकरण जफत गर्ने प्रावधानसहितको प्रदेश २ सरकारले ल्याएको विधेयक पत्रकारहरुले जलाएका छन् ।

प्रदेश २ सरकारले ल्याएको प्रदेश सञ्चार विधेयक १३ गते शनिबार प्रदेशसभाबाट पारित भएको थियो । विधेयकको दफा ६२ र ६३ मा सञ्चारकर्मी र सञ्चारगृहको यन्त्र उपकरण जफत गर्ने व्यवस्था राखिएको छ ।

नेपालको संविधानको धारा १९ को उपधारा २ मा कुनै पनि सञ्चार उपकरण जफत नहुने प्रावधान राखिएको भए पनि प्रदेश सरकार र प्रदेशसभाले संविधान नै नपढी विधेयक ल्याएको दाबी अगुवा पत्रकार बीपी साहले गरे । उनले राणाकालिन कानुन प्रदेश सरकारले ल्याउन लागेको भन्दै कडा आलोचनासमेत गरे ।

पत्रकार साहकै नेतृत्वमा प्रदेश २ को स्थायी राजधानी जनकपुरधामको जनक चौकमा बुधबार विधेयक जलाइएको छ ।
पत्रकार साहका अनुसार विधेयकमा सञ्चार गृह वा सम्पादकलाई नभई कुनै पनि मुद्दा पत्रकारमाथि मात्रै लाग्ने छ र पत्रकारले नै दण्ड जरिवाना तिर्नु पर्ने व्यवस्थ विधेयकमा गरिएको छ ।

प्रदेश सभाबाट पारित भएको उक्त सञ्चार विधेयक पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई समाप्त पार्ने खालको रहेकोले विधेयक जलाउनु परेको उनले बताए ।विधेयकमा दर्जनौं ठाउँमा त्रुटी रहेपनि प्रदेशसभाबाट पारित भएकाले प्रक्रियाबाटै विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी रहने पत्रकार साहले बताएका छन् ।

बुधबार जनकपुरधाममा रहेका दर्जनौं पत्रकारहरुले संयुक्त रुपमा उक्त विधेयक जलाउँदै प्रदेश सरकार विरुद्ध नारावाजी गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर