मुख्य समाचार
विपिन कुमार यादव,जनकपुरधाम : मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा गाडी दुर्घटनामा मृत्यु भएका इन्जिनियर सतिश गोइतलाई शहिद घोषणा गर्न जनकपुरका यूवाहरुले प्रर्दशन गरेका छन् ।
जनकपुरधामस्थित भानु चोकमा शुक्रवार दिउसो यूवाहरुले भ्रष्ट ओली सरकार मुर्दाबाद, मंत्री विना मगर मुर्दाबाद, इन्जिनियरलाई मोहरा बनाउन पाइदैन, पीडित परिवारलाई क्षतिपूर्ति देउ जस्ता नारा लगाएका छन् । प्रदर्शनमा जनता समाजवादी पार्टी यूवा नेता प्रशान्त झा,विनोद रोहिता,रविन्द्र अरगरिया,हनुमान यादव ,दिपक यादव ,पुजन मौवार,किसन साह,गौतम यादव लगायतका यूवाहरु, इन्जिनियर र समाजसेवीहरुको सहभागिता छन् ।
धनुषाको कमला नगरपालिकाका ५ घर भएका
उनको २५ वर्षको कलिलै उमेरमा दुर्घटनाका कारण ज्यान गएपछि आफन्त र साथी उनको निधनले मर्माहत भएका छन् ।
बुधवार मृत्यु भएको इन्जिनियर गोइतको आत्माको चिरशान्तिको कामना गर्दै विहिवार जनकपुरमा मैनबत्ति प्रज्वलन गरेको थियो ।