विपिन कुमार यादव,सिरहा नगरपालिका -७ HP पोलि किलनिकका संचालक र सिरहाका बहुचर्चित समाजसेवी युवा डा.नवीन यादवले आफ्नो जन्मदिनको अवसरमा सिरहा युनाइटेस द्धारा संचालित फुड बैकमा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका छ्न ।
कोरोना भाइरस नियन्त्रणका लागि सिरहामा लकडाउनको घोषणा गरेपछि लकडाउनका कारण समस्यामा परेकाहरुका लागि सिरहामा फुड बैंक स्थापना गरिएको छ । सोहि फुड बैंकमा डा. यादवले खाद्यान्न प्रदान गरेको हुन ।
फूड बैंकमा आफूसँग हुने र अरुलाई सहयोग गर्न चाहनेले दिएर जान्छन भने आवश्यक भएकाहरुले लिएर जाने गर्दछन् । फूड बैँक स्थापना भएपछि विभिन्न दाताहरुले पनि सहयोग गर्दै आइरहेका अझै सहयोगको हात बढ्ने आशा रहेको समाजसेवी डा. यादवले बताएका छ्न ।
यस्तो महामारीको समयमा खाद्यान्न सहयोग गरेको हुनाले डा. यादव लाई सिरहा युनाइटेसले धन्यवाद तथा जन्मदिनको शुभकामना व्यक्त गरेका छ्न ।