प्रमुख समाचार
विपिन कुमार यादव/ जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टी टोलमा आरसीसी सडक र नाला निर्माणको शिलान्यास गरिएको छ ।
धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद उमाशंकर अरगरियाले सोमवार आयोजित एक कार्यक्रमबीच सडकको आरसीसी ढलान र नाला निर्माण कार्यको शिलान्यास गरेका हुन् । विसरभोरा, नाथपट्टी, मंगराहा माची हुँदै भारतको महुवा बोर्डरसम्म पुग्ने यो सडक बन्ने भएपछि स्थानीय खुःशी भएका छन् ।
विगत लामो समयदेखि कैयौं नेताहरुले उक्त सडक निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए । तर कसैले सडक निर्माण गरिदिएन । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहेका साँसद अरगरियाको पहलमा भने यो सडक निर्माण हुने भएको छ ।
उक्त सडकको आरसिसी ढलान र नाला निर्माणको ठेक्का कमल निर्माण सेवाले लिएका छन् । ठेकेदार कम्पनीलाई साँसद अरगरियाले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न निर्देशन समेत दिए ।
शिलान्यास समारोहमा शहिदनगर नगरपालिका वडा ८ का वडा अध्यक्ष तनुक लाल कुसियैत, समाजसेवी कामेशवर गोइत, पवन कुमार मण्डल, जसपा नेता संजय कुमार चौधरी, विनोद रोहिता,प्रमोद अधिकारी,मनोज कुमार साह लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे ।