विपिन कुमार यादव/जनकपुरधाम : जनकपुरस्थित मुरली चोकमा पिछडा वर्ग समाजको केन्द्रीय कार्यालय खुलेको छ । बुधवार जनता समाजवादी पार्टीका संघीय साँसद उमाशंकर अरगरियाले कार्यालयको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै साँसद अरगरियाले मधेस आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न र बाँकी अधिकार प्राप्तीका लागि अझै संघर्षरत रहेको बताए । उनले अगामी दिनमा विभिन्न खालका द्धन्द्ध चर्किन सक्ने भन्दै सबै समुदायलाई सचेत हुन आग्रह गरे ।
उद्घाटन समारोहमा समाजका केन्द्रीय सहमहासचिब नागेन्द्र कुमार महतो, केन्द्रिीय सदस्य जिबछी साह, फुलपारु देवी, प्रदेश २ अध्यक्ष रामपृत यादव, प्रदेश २ समिति सदय तेजना यादव, रामकुमारी महतो, धनुषा अध्यक्ष श्रवण कुमार महतो लगायतका सहभागीता रहेको थियो ।