प्रमुख समाचार
विपिन कुमार यादव, जनकपुरधाम : जनता समाजवादी पार्टीका साँसद उमाशंकर अरगरियाले जनकपुरको भानु चोकमा निर्वाचन क्षेत्रिय सम्पर्क कार्यालय संचालनमा ल्याएका छन् ।
एक समारोहबीच बिहीवार एक समारोहबीच धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय साँसद अगरियाले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । जनताको चाहना र भावना बमोजिम निर्वाचिन क्षेत्रिय सम्पर्क कार्यालय जनकपुरमा खोलेको साँसद अरगरियाले जानकारी दिए ।
उद्घाटन समारोहमा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादब, राज्यमन्त्री सरोज सिंह कुशवाहा, प्रदेश साँसद प्रमेश्वर साह,प्रदेश सांसद चमेली देवी दास, हँसपुरका मेयर रामज्ञान मण्डल,केन्द्रीय सदस्य साधु यादव,राम गोबिन्द यादव , नवीन यादव,संजय कुमार चौधरी लगायत जिल्ला,क्षेत्रीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यालय उद्घाटनपछि मधेस सहिदहरुप्रति श्रद्धाञ्जली र मौन धारण समेत गरिएको छ ।