प्रमुख समाचार
अप्पन समाचार/जनकपुरधाम: भोलि प्रदेश २ को अस्थायी राजधानी जनकपुर आइपुग्ने रेल बिहीबार साँझ भारतको जयनगर आइपुगेको छ ।
रेल बिहीबार साँझ जयनगरस्थित स्टेशनमा आइपुगेको छन् ।
जनकपुर–जयनगर चल्ने रेल भोलि मध्याह्न १२ बजेसम्ममा जनकपुरधाम स्टेसनमा आइपुग्ने रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।
नेपालको राष्ट्रिय झण्डाको रंगमा तयार भएको रेल हाल भारतको पटनास्थित हाजीपुर स्टेसनबाट जयनगर आइपुगेको हो ।
मध्याह्न १२ बजेसम्ममा आइपुग्ने रेललाई महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोलीले स्वागत गर्नेछ । रेल परीक्षणका क्रममा जनकपुर आइपुग्न लागेको हो ।
रेल जनकपुर आउने भएसँगै यहाँका स्थानीय उत्साहित भएका छन् ।