2025-01-21

Close

सिराहा, सिराहा जिल्लाका विभिन्न सरकारी निकाय,स्थानीय तह जिल्ला अस्पताल सिराहा लगायतमा भैरहेको बेतिथी विरुद्धमा नेकपाले शुक्रबार पत्रकार सम्मेलन गरि १६ बुन्दे मांग अगाडी सारेको छ ।

सिराहा स्थानीयतहले कोभिड -१९ मा गरेको खर्चको शिर्षकगत विवरण सार्बजनिक गर्नु पर्ने नगरपालिकाले खर्च गरेको इन्धन र मर्मत खर्च सम्बन्धि विवरण सार्बजनिकको लगायतका १६ बुन्दे मांग अगाडी सारेको हो । यस्तै जिल्ला अस्पताल सिराहामा बिकास समितिका अध्यक्ष र मेसुको मिलोमतोमा अबैध रुपमा निर्माण भवनको रोक्नु पर्ने कोभिडमा खर्च गरिएको विवरण लगायतको सार्बजनिक गर्नु पर्ने मांग गरेको छ ।

प्रदेश २ का सांसद एवं नेकपा जिल्ला सचीव प्रमोद कुमार यादवले जिल्लामा विभिन्न क्रियाकलाप रोक्नु पर्ने बताए । सरकारी अड्डाहरुमा नागरिकलाई सामान्य काममा पनि असहज हुने गरेको भन्दै प्रदेश सांसद यादवले सरकारी कार्यालयहरुले नागरिकलाई सेवा सुविधामा सुधार नगरेमा आन्दोलन मार्फत तह लगाउने चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा नेकपाका नेता राम चन्द्र मण्डलले सिराहा अस्पतालमा अबैध रूपमा भवन निर्माण भैरहेको र चरम आर्थिक अनियमितता हुँदा त्यस बारेमा बुझ्न् खोज्दा अस्पतालका मेसु र बिकास समितिका अध्यक्षले आफूहरु माथी अनावश्यक आरोप लगाउन खोजेको बताए ।


यता नेकपाका युवा नेता डा.नवीन कुमार यादवले अस्पताल संगै सिराहा नगरपालिकामा चरम आर्थिक अनियमितता रहेको बताए । कोभिड-१९ को खर्चमा अख्तियारमा कागज पत्रको अनुसंधान भैरहेकोले सिराहा नगरपालिकाले चरम भ्रष्टाचारमा लागेको भन्दै डा.यादवले वडा योजनाको तर्जमा बन्द कोठा भित्र गर्दै मेयरले मनोमानी गर्दै आएको आरोप लगाए । नगरपालिका भित्र भैरहेको सवारीसाधनको मर्मत संभार इन्धन खर्च लगायतको विवरण सार्बजनिक गर्नु पर्ने भन्दै नेता डा.यादवले आफूहरुको मांग पुरा नभए सात दिन पछि आन्दोलनका चरणबध्य कार्यक्रम सुरु हुने चेतावनी दिएका छन् । पत्रकार सम्मेलन पछि नेकपाका नेताहरु प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापनपत्र पठाएको छन् । पत्रकार सम्मेलन सिराहा नगर समस्या समाधार समितिका संयोजक कुशेश्वर यादवको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा सिराहा क्षेत्र नं.३( ख ) का प्रदेश सांसद एवं सिराहा नेकपाका सचीव प्रमोद कुमार यादवको प्रमुख अतिथिमा अतिथिहरु नेकपाका नेता रामानन्द मण्डल प्रदेश सदस्य महेश गोप युवा नेता डा.नवीन कुमार यादव ,मोहबुब राइन,पुर्व नगर इन्चार्ज देवेन्द्र गोहिवार लगायतका सहभागीता रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- apanjanakpurnews@gmail.com,
yadavbipin356@gmail.com
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर