प्रमुख समाचार
जनकपुरधाम,२० बैशाख । एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय सिरहाको अत्यावश्यकबाहेकका सम्पूर्ण काम कारवाही बन्द गरिएको छ ।
कार्यालयको राजस्व संकलन काउण्टरको कक्षमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।
ती कर्मचारीमा संक्रमण भएपछि अन्य कर्मचारीको पीसीआर परीक्षण गराइएको र उनीहरुको रिपोर्ट नआएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा हाललाई स्थगित गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।