प्रमुख समाचार
मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्रले उपेन्द्र यादवको इतिहासका वारेमा चर्चा गर्दा फेसवुकमा लेखेको स्टाटस डिलिट गर्न दवाव दिएको वताइएको छ । मिश्रले अप्पन जनकपुर डेस्कसंग कुराकानी गर्दै भने,मैले फेसवुकमा लेखेका कुराहरुलाई गलत सावीत गरोस तर धम्की दिने जस्ता कार्य नगरियोस ।
उनले फेसवुकमा उपेन्द्र यादवको विषयमा लेखेका छन एउटा साइकल चालक शिक्षक सँग यति सम्पति कहाँ बाट र कसरी आयो ?
संयोजक मिश्रले आफनो समाजीक संजालमा टवीट गरेको स्टाटसमा लेखिए अनुसार मुद्दा बेचेर, मधेसको बलि चढ़ाएर सर्ब प्रथम २०६३ को आन्दोलन बाट भागेर सरकार मा जाने पनि उपेन्द्र नै थिए।
उनले अघि लेखेका छन बिगतमा जचुकाली को सभा हलमा घमंड गर्दै यस क्षेत्रमा आफ्नो पार्टीको संगठन नभए पनि फर्क पड़दैन भनेर धाक लगाउने पनि उपेन्द्र थिए।
– उपेन्द्र लगायतका नेताहरु लाई पहिलो संविधान सभाको निर्बाचन पश्चात जनकपुरको बार एसोसिएशन मा एक कार्यक्रम बीच हामी युवाहरु ले घेरे पछि, उपेन्द्र ले आफुलाई संसद भवनको सांसद होइन कि मन्दिर बाहिरै फुकालिने चप्पल जुत्ता सँग आफ्नो तुलना गर्ने मधेसी योद्धाहरुको नेता बन्ने लायक क्षमता नभएको अभिब्यक्ति दिने पनि त्यही उपेन्द्र थिए।
–समानुपातिक समावेसीको लागि यत्रो संघर्ष पश्चात आफ्नो दल भित्र जातिबाद हाबी गराउने पनि उपेन्द्र नै हुन।
उनले आफनो टवीटमा आफुले लेखेको कुरा गलत छ भने खुल्ला बहसको आयोजना गर्न आग्रह गर्दै उपेन्द्र यादव लगायत सबै मसीहाहरुको काला करतुत र अपराधहरु बारे बहस गरियोस । अनि चिंतन गरियोस कि आज आएर मधेसका योद्धा मधेसका युवाहरु को हृदय भित्र इनिहरु बिरुद्ध वितृष्णा किन ? भनेर प्रश्नपनि तेर्साएका छन ।