नेपाल बाल संगठनको केन्द्रीय सदस्यमा प्रदेश २ बाट दिनेश कुमार यादव र रामकिशोर सिंह ‘पराग’लाई चयन गरिएको छ ।
बुधवार संगठनको केन्द्रीयसभा अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्य र केन्द्रीय अध्यक्ष विद्या न्योपानेको अध्यक्षतामा सम्पन्न भयो । उक्त अधिवेशनमा सिरहाका दिनेश र पर्साका पराग केन्द्रीय सदस्यमा चयन भएका छन् ।
अधिवेशनमा महासचिव समिक बडालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष रामजी सापकोटाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । अन्य प्रदेशबाट पनि केन्द्रीय सदस्यहरु चयन गरिएको बताइएको छ ।
केन्द्रीय सदस्यमा चयन भएकाहरुलाई प्रधानमन्त्री ओलीले बधाई र सफल कार्यकालको शुभकामना दिएका थिए ।