प्रमुख समाचार
मधेशी माथिको बिभेद जारी छ । राज्य सत्ता त राज्य सत्ता देशको शैक्षिक संस्थाद्वारा पनि विभेदलाई संस्थागत गर्न खोजिएको छ । युवा नेता संजय यादवका अनुसार चिकित्सा शिक्षा आयोग सानोठिमी, भक्तपुरले लिन गईरहेको परीक्षाको केन्द्र प्रदेश २ को कुनै पनि ठाउँमा राखिएको छैन् ।
निषेधाज्ञा र बन्दाबन्दीका कारण आवत जावतमा कठिनाई भइरहेको समयमा पनि बीरगंज वा जनकपुरमा परीक्षाको केन्द्र नराख्नुले पनि चिकित्सा शिक्षा आयोगद्वारा बिभेद गर्ने परमपरालाई निरन्तरता दिएको यादवले बताए । मेडिकल क्षेत्रमा नेपालभरीमै सबै भन्दा धेरै परीक्षार्थी रहेको प्रदेश २ मा केन्द्र नराखिनु भनेको मधेश प्रतिको बिभेद हो । यस्तो महामारीको बेला आवत जावत र खान बस्ने लाई पनि कठिनाई हुने कुरालाई मध्यनजर गर्दा हुन्थ्यो ।